प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

स्थानीय तह सस्थागत क्षमता स्व मुल्यांकन (LISA) सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न !

PCGG:: मिति २०७७/११/१४ देखि १६ सम्म स्थानीय तह सस्थागत क्षमता स्व मुल्यांकन (LISA) सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम प्रदेश प्रशिक्षण केन्द्र, झापाको आयोजनामा १४ जिल्लाका जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत र स्वतन्त्र बिज्ञ गरी ६६ जनाको सहभागिता सम्पन्न भयो । कार्यक्रममा संघीय मामिला मन्त्रालयका श्रीमान सचिब,प्रदेश प्रमुख सचिब,प्रदेश योजना आयोग उपाध्यक्षको उपस्थिति रहेको थियो|३ दिनको कार्यक्रममा सहजीकरण संघीय मामिला मन्त्रालयका सहसचिब बसन्त अधिकारी ज्युको नेतृत्वको टोलीबाट सम्पन्न भयो|