Sherdhan Rai

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँ विकास समिति वडा नं ५ पसलभञ्ज्याङ हालकाे अामचाेक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा वुवा जागीरमान रार्इ र अामा राम्रीमाया रार्इबाट २०२७ साल फागुन ११ गते शेरधन रार्इकाे जन्म भएको हो । बुबा जागीरमान राई कुनैबेला पंचायतकालमा पनि गाउँबाट निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । वहाँको यो वडाध्यक्षको निर्विरोध पद बहुदलपछि पनि कायम रह्यो । पंचायतकालमा तीनपटक र बहुदलपछिका दुई निर्वाचनमा वहाँ गाउँको निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । गाउँको विकास र गाउँबासीका समस्यासँग घुलमिल भईरहने कार्यले गर्दा उहाँ स्थायी जनप्रतिनिधि जस्तो हुनुहुन्थ्यो ।

शेरधन राई
शेरधन राई प्रदेश नं १ काे मुख्यमन्त्री हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय सदस्य रहनु भएका रार्इ तत्तकालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे  पोलिटव्युरो सदस्य हुनुहुन्थ्याे ।

पूर्व सूचना तथा संचार प्रविधि मन्त्री एंव नेपाल सरकारका प्रवक्ता रहिसक्नु भएका रार्इ २०७५ फागुन २ गते प्रदेश नं १ काे मुख्यमन्त्री चयन हुनु भएकाे हाे । स्कूले जीवनदेखि राजनीतिक यात्रा थाल्नु भएका राईको राजनीतिक जीवनको सक्रियता धेरै युवाहरुका लागि प्रेरणादायी छ । निकै लामो समय भोजपुरको जिल्ला नेतृत्व सम्हालेर केन्द्रीय नेतृत्वमा पुग्नु भएका राई निष्ठा र निरन्तरताको राजनीतिमा विश्वास गर्नुहुन्छ ।

पारीवारिक पृष्ठभूमि

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँ विकास समिति वडा नं ५ पसलभञ्ज्याङ हालकाे अामचाेक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा वुवा जागीरमान रार्इ र अामा राम्रीमाया रार्इबाट २०२७ साल फागुन ११ गते शेरधन रार्इकाे जन्म भएको हो ।

बुबा जागीरमान राई कुनैबेला पंचायतकालमा पनि गाउँबाट निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । वहाँको यो वडाध्यक्षको निर्विरोध पद बहुदलपछि पनि कायम रह्यो । पंचायतकालमा तीनपटक र बहुदलपछिका दुई निर्वाचनमा वहाँ गाउँको निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । गाउँको विकास र गाउँबासीका समस्यासँग घुलमिल भईरहने कार्यले गर्दा उहाँ स्थायी जनप्रतिनिधि जस्तो हुनुहुन्थ्यो । बुबा जागीरमान र आमा अहिले पनि गाउँमै बस्नुहुन्छ । शेरधन जागीरमानका एक्ला छोरा हुनुहुन्छ र उहाँका दुई बहिनी छन् । शेरधन अहिले पनि अविवाहित हुनुहुन्छ ।

स्कूले जीवन

शेरधनको प्रारम्भिक शिक्षा आफ्नै गाउँबाट सुरु भएको हो । उहाँले स्थानीय शिक्षाज्योती निमाविमा कक्षा ७ सम्मको अध्ययन गर्नु भएको थियो । अध्ययनमा उहाँको राम्रै रुचि थियो र यसका साथै उहाँको प्रिय विषय थियो भलिबल ।

१० वर्षको उमेरबाट भलिबल खेल्न सुरु गरेका उहाँले भलिबल खेलेको केही वर्षमै जिल्लाको च्याम्पिएनको उपाधि पाउनु भएको थियो । दुर्गम पहाडी जिल्लाको विकट गाउँबाट क्षेत्रीय प्रतिस्पर्धामा पनि उहाँले टोलीको नेतृत्व गरेर भाग लिनु भएको थियो । ब्रिटिस आर्मीमा रहेका स्व.मामा ढोकलसिंह राईले उपहार दिएको भलिबल र खेलकुदप्रतिको आफ्नो रुचि उहाँ आज पनि सम्झनुहुन्छ ।

कक्षा ७ को अध्ययन सकिएपछि हाईस्कूलको अध्ययनको लागि अलि टाढा जानु पर्दथ्यो । त्यसैले निम्न माध्यमिक तहको पढाइ सकिएपछि उहाँ रानीवास गाविसमा रहेको सगरमाथा मावि घोडेटारमा पढ्नुभयो । त्यसका लागि त्यहीं डेरा गरेर बस्नु पर्दथ्यो । यही स्कूलबाट उहाँले २०४३ सालमा एसएलसी पास गर्नु भएको हो ।

स्कूल पढ्ने बेलामा उहाँको जीवनमा एउटा घटना घट्यो । त्यो घटना उहाँ कहिल्यै विर्सनुहुन्न । कक्षा ९ मा पढ्दा उहाँ रगतमासीको विमारले थलिनुभयो । त्यसको एकसातापछि उहाँको भाई विष्णुलाई पनि रगतमासीले च्याप्यो । ६ वर्षको उमेर पुगेका भाई विष्णुको यसैको कारणले मृत्यु भयो ।

उहाँले पढ्ने स्कूलमा भने शेरधन नै बितेको भन्ने खबर गयो । पढाई,खेलकुद र टीममा रमाउने शेरधनको यो गलत खबरले स्कूलमा निराशा छायो । उहाँ पढ्ने सगरमाथा माध्यमिक विद्यालयले उहाँको नाममा शोकसभा मनायो । श्रद्धाञ्जली,मौनधारणहरु भए । स्कूलका शिक्षकले “मेरो प्यारो शेरधन” शिर्षकको कविता नै सुनाए । कार्यक्रम सकिनै लाग्दा एकाएक खबर आयो, बित्ने शेरधन हैन, उनका भाई रहेछन् । आजपनि पुराना शिक्षक,विद्यार्थी शेरधनबारेको यो तथ्यघटना सम्झन्छन् ।

कलेज,खेल र राजनीति

खेलकुदमा टीम हुन्छ । स्कूले जीवनदेखि नै खेलकुदको टीम निर्माणमा जुटेर सफलता हासिल गरेका शेरधनको राजनीतिमा रुचि स्कूले जीवनदेखि नै सुरु भएको थियो । विद्यालय पढ्दादेखि नै अनेरास्ववियुको विद्यार्थी राजनीतिमा उहाँको सम्पर्क र आकर्षण बढिसकेको थियो । जिल्लामा रहेको बाम राजनीति र त्यसको छत्रछायामा हुर्केको विद्यार्थी राजनीतिसँगको सामिप्यताले उहाँलाई राजनीतिमा अझ चासो बढायो ।

०४४–०४५ सालमा भोजपुर बहुमुखी क्याम्पसमा पढ्दा उहाँ विद्यार्थी राजनीतिमा सक्रियतापूर्वक लागिसक्नु भएको थियो । कलेजको प्रारम्भिक कमिटीमा रहेर काम गर्दागर्दै भूमिगत रुपमा बोखिमको दाम्सिङमा भएको अखिलको सम्मेलनले जिल्ला कमिटीमा चुनेपछि उहाँको विद्यार्थी राजनीति र पछि पार्टी कमिटीहरुमा जिम्मेवारी बढ्दै गयो ।

०४५ सालबाट पार्टी राजनीतिमा लागेपछि उहाँ “निछाक” (राई भाषामा भाई) को नामबाट पार्टी राजनीतिमा संलग्न हुनुभयो । त्यसबेला उहाँको उमेर १९ वर्षको थियो । २०४६ सालमा जिल्लामा आयोजित भलिबलको प्रतिस्पर्धामा च्याम्पियन हुन भएका उहाँ ०५१ सम्म जिल्लालाई प्रतिनिधित्व गरेर दर्जनौं खेलहरु खेल्नु भएको थियो । तेक्वाण्डो खेलमा पनि राईको बेग्लै दखल थियो ।

खेलमा रहेको प्रभाव, आकर्षक जीउडालका कारण गोर्खाभर्तीमा भर्ना गराउन निकै समय गल्लावालहरु उहाँको पछि लागेका थिए । उहाँको बुबा पनि गोर्खाभर्ती जाओस भन्नेमा हुनुहन्थ्यो । ०४५ तिर केही समय चुमाराङमा रहेको जकल्याण प्राविमा शिक्षकको रुपमा काम गरेपनि पछि पढाई र राजनीतिक संलग्नताको कारण उहाँले शिक्षण ५ महिनामात्र गर्नुभयो । यसबेला स्थानीय बलबहादुर राई र उहाँका मामा स्व. ढोकलसिंहको उद्देश्य त उहाँलाई गोर्खाभर्तीमा पठाउने नै थियो । तर विद्यार्थी आन्दोलनमा गोर्खाभर्ती विरोधको राजनीतिमा लागेकोले उहाँलाई त्यसले कहिल्यै आकर्षण गरेन ।

अखिलको जिल्ला अध्यक्षमा काम गर्दागर्दै ०५० मा हेटौंडामा भएको सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै पुर्वाञ्चल प्रमुख रहनुभएका उहाँ ०४८/४९ तिर युवा संघको प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्लाको सहसचिव हुँदै कार्यवाहक अध्यक्ष समेत हुनुहुन्थ्यो । ०५२ मा भएको अखिलको १३ औं सम्मेलनबाट पुनः केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख बन्नुभएका उहाँ विद्यार्थी राजनीतिमा रहँदा नै ०४९ मा पार्टीको जिल्ला कमिटीमा आउनु भएको थियो ।

नेपाली राजनीतिमा बेग्लै स्थान बनाउनु भएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीका विचार, उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र उहाँको जीवनलाई मार्गदर्शक बनाउनु भएका रार्इ “राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन” भन्ने भण्डारीको उद्धरण आफ्ना लागि मार्गदर्शक भएको बताउनुहुन्छ । विभिन्न समयहरुमा पार्टी राजनीतिमा गुटफुटको राजनीतिलाई परास्त गर्दै पार्टीको राजनीतिक जीवनमा निरन्तरता र निष्ठालाई महत्वपूर्ण ठानेर पार्टीको मुलधारमा क्रियाशिल रहनुभयो । द्धन्द्धको समयमा जिल्लामा रहेर पार्टीको बाग्डोर सम्हाल्नु भएका उहाँ शाही कदमपछिको राजनीतिक आन्दोलनमा दलहरुको नेतृत्व लिएर काम गर्नु भएको थियो । ०६२/०६३ मा भएको आन्दोलनमा लाग्दा जिल्ला सदरमुकाममा प्रहरीले बन्दुकको कुन्दाले हान्दा बेहोस भएका राईलार्ई त्यसबेला हेलिकोप्टरबाट काठमाडौ ल्याएर उपचार गराउनु परेको थियो ।

भोजपुर जिल्लाबाट ०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक विजयी हुँदा उहाँको उमेर २७ वर्ष मात्र थियो । त्यसबेला प्रतिनिधिसभाको कान्छो सदस्य “कान्छो सांसद”को रुपमा उहाँले चर्चा पाउनु भएको थियो । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट विजयी राई संविधानसभामा संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति हुनुहुन्थ्यो ।

पहिलोपटक पार्टीको राजनीतिक संलग्नता रहँदारहँदै उहाँले भोजपुरबाट स्नातक गर्नुभएको थियो भने जिल्ला राजनीतिको नेतृत्व सम्हालेका बेला पनि कलेजमा भर्ना मात्र भएर स्वअध्ययनबाट पाटन संयुक्त क्याम्पसबाट उहाँले समाजशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ ।

पार्टी बचाउ आन्दोलनको नेतृत्व

०५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव हुनुहुन्थ्यो । अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा जाँदा राई एमालेमै रहनुभयो । त्यसपछि बिचरा अवस्थामा रहेको एमाले भोजपुरको नेतृत्व सम्हाल्न पुग्नु भएका उहाँले ०७० बैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीलाई कुशल नेतृत्व प्रदान गर्नुभयो ।

संविधानसभा विघटनसँगै एकल पहिचानको विषयलाई लिएर तत्कालिन एमाले उपाध्यक्ष अशोक राईहरु २०६९ मा बाहिरिन लाग्दा उहाँले त्यो कदमलाई रोक्न हरदम प्रयास गर्नुभयो । कतिपसम्म भने त्यतिबेला २४ जिल्लामा एमालेका जनजाती जिल्ला पार्टी अध्यक्षहरुको नेतृत्व गरेर अशोक राईहरुसँग पटक—पटक संवाद बढाउनुभयो । उहाँको त्यो पहलकदमीले एमाले ठुलो क्षतिबाट जोगिन पुग्यो । उहाँले त्यसबेला खेलेको सन्तुलित भूमिकाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चा पाएको थियो भने उक्त भूमिकाले राष्ट्रिय राजनीतिमा ठुलो तरंग पैदा गरेको थियो । एकल जातीय पहिचानको मुद्धा छ्यापछ्याप्ती भएको त्यो बेला शेरधनले आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर पार्टी नेतृत्वले लिएको बहुबहिचानको मुद्धा ओकालत गर्नुभएको थियो । पार्टीलाई बचाउन ०५४ होस या ०६९ मा उहाँले खेलेको महत्वपूर्ण भूमिका आज पनि अविष्मरणीय छ । आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिपाही भन्न रुचाउने राई जब पार्टीमा विभाजन र संकट आइपर्छ तब सतिसाल झै उभिने गर्नु भएको छ ।

पार्टीलाई जनताका बीचमा एकाकार बनाईरहन उहाँले तत्कालिन एमालेभित्र खेलेको भूमिका अघिल्लो पुस्ताका नेताहरुका लागि समेत महत्वपूर्ण बनेको छ । पार्टीको युवा ईन्चार्जको रुपमा समेत काम गर्नुभएका युवा नेता राईलाई युवासंघभित्र लामो समयदेखि रहेको विवाद निरुपण गरेका जश पनि छ ।

राजनीतिक जिम्मेवारी

०४२ विद्यार्थी राजनीतिको सुरुवात
२०४५ भोजपुर बहुमुखी क्याम्पसमा प्रा.क.मा सदस्य
०४५ अनेरास्वविुको जिल्ला कमिटी सदस्य
०४६ जनआन्दोलनमा निछाक नामबाट पार्टी गतिविधि र आन्दोलनमा संलग्न
०५० अनेरास्ववियू, जिल्ला कमिटी अध्यक्ष
०४८/०४९ प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसचिव हुँदै का.वा.अध्यक्ष
०४९ नेकपा एमाले जिल्ला कमिटी सदस्य भोजपुर
०५० नेकपा एमाले सचिवालय सदस्य भोजपुर
०५० हेटौंडा सम्मेलनबाट केन्द्रीय सदस्य र पुर्वाच्चल प्रमुखको जिम्मेवारी
०५२ पुनःअनेरास्ववियु केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख
०५४ पार्टी सचिव, नेकपाएमाले भोजपुर (लगातार तीन कार्यकाल)
०६७ अध्यक्ष, नेकपा एमाले भोजपुर
०७० वैकल्पिक केन्द्रीय सदस्य,नेकपा एमाले
०७१ नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै पोलिटव्युरो सदस्य एंव प्रदेश नं १ सह– इन्चार्ज

२०७५ जेठबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य ।

संसदीय फाँट

०५६ भोजपुर क्षेत्र नं २ बाट प्रतिनिसधिसभा सदस्यमा निर्वाचित
०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधी सभा व्यवस्थापिका संसदको सदस्य

०७० भोजपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित
०७० सदस्य, संविधान मस्यौदा समिति
०७० सभापति, सुशासन तथा अनुगमन समिति
०७२ सूचना तथा संचार प्रविधि मन्त्री,प्रवक्ता नेपाल सरकार

२०७४ भोजपुर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित
२०७४ माघ २६ गते नेकपा एमाले प्रदेश नं १ को एमाले संसदीय दलको नेतामा निर्वाचित
२०७४ फागुन २ गते प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीमा नियुक्त ।

विकास र परिवर्तनमा समर्पित

राजनीति देशको विकास, परिवर्तन र जनताको जनजीविकाको लागि हो भन्ने कुरामा राईको आफ्नै धारणा छ । पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मे हुर्केर दुरदराजको नेपालका अनगिन्ती सम्भावना र चुनौतीसँग परिचित हुनुहुन्छ । नयाँ नेपालका लागि हाम्रा धारणा, कार्यशैली फेरिनुपर्छ भन्ने ठान्ने उहाँ निष्ठाको राजनीतिमा विश्वास गर्नुहुन्छ । अप्ठेरोमा भागेर होईन, समयसँग मुकाबीला गरेर र लोभलालचमा हैन आदर्शको राजनीति गरेर जनताको जनजीविकालाई सहयोग पु¥याउनुपर्छ भन्ने उहाँको धारणा छ ।

विदेश भ्रमण

चीन, रुस, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, स्वीजरल्याण्ड, जर्मनी, फ्रान्स, बेल्जियम, वेलायत, मलेशिया, हङ्गकङ्ग, अमेरिका आदि ।