परिचय

हिमाल,पहाड र तराईसम्म फैलिएको यस प्रेदेश नं १ मा झापा,इलाम, पांचथर,ताप्लेजुंग, संखुवासभा,तेरथुम, भोजपुर,धनकुटा,खोटाङ, सुनसरी,मोरङ,सोलुखुम्बु ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्ला पर्दछन | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन | यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन | अक्षांशको हिसाबले यो प्रदेश २६∘ २७’ १५ “ पर्दछ भने देशान्तरको हिसाबले ८७∘ १६’ ४७” पर्दछ | यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ | मोरङ जिल्लाको बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकिएको छ |... थप

भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँ विकास समिति वडा नं ५ पसलभञ्ज्याङ हालकाे अामचाेक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा वुवा जागीरमान रार्इ र अामा राम्रीमाया रार्इबाट २०२७ साल फागुन ११ गते शेरधन रार्इकाे जन्म भएको हो । बुबा जागीरमान राई कुनैबेला पंचायतकालमा पनि गाउँबाट निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । वहाँको यो वडाध्यक्षको निर्विरोध पद बहुदलपछि पनि कायम रह्यो । पंचायतकालमा तीनपटक र बहुदलपछिका दुई निर्वाचनमा वहाँ गाउँको निर्विरोध वडाध्यक्ष हुनुहुन्थ्यो । गाउँको विकास र गाउँबासीका समस्यासँग घुलमिल भईरहने कार्यले गर्दा उहाँ स्थायी जनप्रतिनिधि जस्तो हुनुहुन्थ्यो ।
Kedar Neupane
Principal Secretary